काठमाडौं महानगर र अभियन्ता ई: का प्रतिनिधिबीच वार्ता जारी

२०८० आश्विन ९, मंगलवार

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरू र अभियन्ता ईः का प्रतिनिधिबीच वार्ता भएको छ।

महानगरले बनाएको वार्ता टोली र ई: का प्रतिनिधिबीच मंगलबार दिउँसो वार्ता भएको हो। वार्तामा महानगरबाट प्रवक्ता नवीन मानन्धर, कानुन न्याय तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्य र मेयर बालेन शाहको सचिवालयबाट कुमार बेन, २२ का वडाध्यक्ष चिनीकाजी महर्जनलगायत टोली र ई: का तर्फबाट प्रतिनिधि गोविन्द नारायणलगायत सहभागी छन्।

मेयर बालेन शाह र विगत एक सातादेखि उभिएर प्रदर्शन गरिरहेका ई: दुवै सहभागी छैनन्।

ई: ले मेयर शाह र उपमेयर सुनिता डंगोललाई चुनावी बाचा सम्झाउन प्रदर्शन गरेका हुन्। उपमेयर डंगोलले मंगलबार बिहान ई: लगायतसँग भेटेर कुराकानी गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार