आफ्नो मागलाई सरकारको कान सम्म सुनाउन भन्दै सिटी फुके राहत शिक्षकले

२०८० आश्विन ९, मंगलवार

काठमाडौं :आन्दोलनरत राहत शिक्षकले मंगलबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । यस दिन उनीहरूले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्‍याली निकाले । सिटी फुके ।

सरकारलाई आफ्ना माग सुनाउन सिटी फुकेको उनीहरूले बताएका छन् । शिक्षकहरूले शिक्षा विधेयक खारेज गर्नुपर्ने र आफूहरूका माग पूरा गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।

यही असोज ५ गते सरकार र शिक्षक महासंघका पदाधिकारीबीच शिक्षा विधेयकका विषयमा ६ बुँदे सहमति भएको थियो । राहत शिक्षकले त्यसप्रति असन्तुष्टि जनाउँदै प्रदर्शन जारी राखेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार