सुजुकीले ल्यायो ‘बाडौँ खुसी, चढौँ सुजुकी’ स्किम 

२०८० आश्विन ९, मंगलवार

काठमाडौँ : दसैँ, तिहार र छठ पर्वको अवसर पारेर सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबमाइल्स प्रालिले ‘बाडौँ खुसी, चढौँ सुजुकी’ स्किम ल्याएको छ ।

सुजुकीले ल्याएको ‘बाडौँ खुसी चढौँ सुजुकी’ स्किमअन्तर्गत ग्राहकहरूले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ छुट वा कुनै पनि सुजुकी ब्रान्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्चेन्ज गर्दा १५ हजार रुपैयाँ छुट पाउनेछन् ।

यस्तै, अन्य कुनै ब्रान्डका पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्चेन्ज गर्दा ग्राहकले १० हजार रुपैयाँ थप मूल्यांकन प्राप्त गर्ने सक्नेछन् । यसैगरी शून्य प्रतिशत व्याजमा फाइनान्सको सुविधाका साथै एक वर्षको कर छुट हुने कम्पनीले जनाएको छ ।

यो स्किमअन्तर्गत हरेक १५ दिनमा लक्की ड्रमार्फतमा १० ग्राम सुनको सिक्का एक जना ग्राहकलाई उपलब्ध गराउने कम्पनीले जनाएको छ । यो स्किम दसैँ, तिहार तथा छठका लागि लागू गरिएको कम्पनीले जनाएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार