टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल मल्लले तोडे रोहित शर्माको कीर्तिमान

२०८० आश्विन १०, बुधबार

काठमाडौँ : चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपाली टोलीका ब्याट्सम्यान कुशल मल्लले विश्व कीर्तिमानी पाली खेलेका छन् । मंगोलियाविरुद्धको उक्त खेलमा कुशलले अविजित एक सय ३७ रन बनाए । 

उनले केवल ५० बलको सामना गरी १२ छक्का र आठ चौका हिर्काए । बायाँ हाते ब्याट्सम्यान कुशलले टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिताको इतिहासमै सर्वाधिक छिटो शतक बनाएका हुन् । उनले केवल ३४ बलमा शतक पुरा गरेका हुन् । 

यसअघि टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो शतक पुरा गर्ने खेलाडीको कीर्तिमान भारतका रोहित शर्माको नाममा थियो । भारतीय टोलीका वर्तमान कप्तान शर्माले केवल ३५ बलमा शतक बनाएका थिए । शर्माका अतिरिक्त दक्षिण अफ्रिकाका डेभिड मिल्लरले पनि ३५ बलमा अर्धशतक बनाएका थिए । कुशलले उनीहरूकै कीर्तिमान तोडेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार