

काठमाडौं : इराकमा बुधबार एक म्यारिज हलमा आगालागी हुँदा एक सय जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा एकसय ५० भन्दा बढी मानिस घाइते भएका छन्।
दुर्घटनामा बेहुला र बेहुली पनि घाइते भएका छन्। एक अधिकारीका अनुसार इराकको निनेवे प्रान्तको हमदानिया क्षेत्रमा आगलागी भएको हो। अहिलेसम्म आगो लाग्नुको कारण पत्ता लाग्न सकेको छैन।
केही मिडिया रिपोर्टस्का अनुसार आतिसबाजीका कारण हलमा आगो लागेको हो। आगलागी हुँदा यहाँ करिब एक हजार जना सहभागी रहेका थिए।