प्रहरी र आन्दोलित शिक्षकबिच धकेकाधकेल

२०८० आश्विन १०, बुधबार

काठमाडौँ : आन्दोलनमा रहेका शिक्षकहरूले बुधबार पनि प्रदर्शन गरेका छन् । बुधबार प्रदर्शनका क्रममा शिक्षक र प्रहरीबिच केही बेर धकेलाधकेल समेत भएको छ ।

आन्दोलनमा रहेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले मंगलबार सिटी बजाएर आन्दोलन गरेका थिए । उनीहरुले काठमाडौँको माइतिघरदेखि बानेश्वर सडकखण्डमा सिटी बजाएर आफ्ना माग पुरा गर भन्दै नारा लगाएका थिए ।

गत असोज ७ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो । उक्त सम्झौतामा आफूहरूले उठान गरेका माग सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायतले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका थिए । उनीहरूले सत प्रतिशत स्थायीको माग राख्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार