संखुवासभा कांग्रेस सभापतिबाट सांसद खड्काले दिए राजीनामा

२०८० आश्विन १०, बुधबार

काठमाडौं : नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद दीपक खड्काले संखुवासभा पार्टी सभापतिबाट राजीनामा दिएका छन् ।खड्काले संसदमा सक्रिय हुँदा जिल्लाको पार्टी गतिविधिमा ध्यान दिन नसकेका कारणले राजीनामा दिएको उल्लेख गरेका छन् ।

‘जिल्लाको पार्टी संगठनलाई चाहेर पनि पर्याप्त समय दिन सकिरहेको छैन भन्ने मलाई अनुभूति भएको छ,’ खड्काले केन्द्रीय कार्यालयमा बुझाएको राजीनामा पत्रमा भनिएको छ । खड्काले आफ्नो राजीनामा स्विकृत गरेर अर्को व्यक्तिलाई सभापतिको जिम्मेवारी दिन देउवासँग आग्रह गरेका छन् ।

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेल मार्फत राजीनामा बुझाइएको खड्काका स्वकीय सचिव भूपाल बस्नेतले जानकारी दिए ।खड्काले १४ औं महाधिवेशनमा राईमान राईलाई पराजित गरेर जिल्ला सभापति बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार