रेलको कुरा गर्दा गुडियाको रेल बनाएर मजाक उडाए : केपी ओली

२०८० आश्विन १०, बुधबार

सुर्खेत : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले‌ नेपालमा रेलको कुरा गर्दा गुडियाको रेल बनाएर मजाक उडाइएको बताएका छन् ।

वीरेन्द्रनगरमा आयोजित प्रदेश अधिवेशनमा बोल्दै उनले रेल बनाउने कुरा‌ गरेर जनतामा आशा जगाइएको‌ बताए । ‘नेपालीले पनि रेल चढ्न सक्दछन् भनेर योजना अगाडि बढाउँदा मजाक उडाइयो,’ उनले भने,’ उनीहरुलाई के थाह रेल चढ्ने कुरा ।’

यस्तै ओलीले जनताले विकास एमाले आएपछि मात्र देखेको बताए । उनले एमाले आएपछि मात्र नदीका किनारदेखि‌ जताततै विकास भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार