

पोखरा : गृह मन्त्रालयले वडा प्रहरी कार्यालय वैदाम कास्कीमा कार्यरत डीएसपी वेद जोशीको समय नपुग्दै सरुवा गरेको छ । एक उच्च प्रहरी अधिकारीका अनुसार गृह मन्त्रालयले नै जोशीलाई सरुवा गरिदिएको हो ।
यस्तै, अनुसन्धान अवधिभरका लागि प्रहरी निरीक्षक मदन श्रेष्ठलाई निलम्बन गरेको छ । श्रेष्ठ उनै प्रहरी हुन्, जसले डाक्टर कुटिएका मणिपाल अस्पतालमा पुगेर आफूले नै अर्का डाक्टरलाई रगताम्य हुने गरी कुटेर आएको बताएका थिए ।
उनीमाथि गृह मन्त्रालयले छानबिन गर्न समिति बनाएको र उक्त अवधिसम्मका लागि श्रेष्ठलाई निलम्बन गरिएको प्रहरी स्रोतले जनायो ।