गल्ती स्वीकारेपछि छुटे चिकित्सक अरुण झा

२०८० आश्विन ११, बिहीबार

जनकपुरधाम : मधेशका मुख्यमन्त्रीलाई समाजिक संजालमा कालोमोसो दल्ने चेतावनी दिने चिकित्सक रिहा भएका छन् ।

गल्ती स्वीकार गरेको र अब यस्तो गल्ती नदोहोरिने सर्तमा उनलाई आज रिहा गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । झाले फेसबुकमा मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई मेन्सन गर्दै कालोमोसो दल्ने चेतावनी दिएका थिए ।

मुख्यमन्त्रीलाई कालो मोसो दल्ने चेतावनीका साथै सामाजिक सद्भाव भड्किने शब्दहरु प्रयोग गरेपछि उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो । मौखिक उजुरीमात्रै भएकोले गल्ती स्वीकार गरेपछि उनलाई छाडिएको डिएसपी अवाको भनाइ छ । पक्राउ परेर छुटेका झा आयुर्वेदिक चिकित्सक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार