श्री एयरलाइन्सको माउन्टेन फ्लाइटमा समस्या आएपछि…

२०८० आश्विन १२, शुक्रबार

काठमाडौं : श्री एयरलाइन्सको जहाजमा आज बिहान उड्दाउड्दै समस्या आएको छ । एयरलाइन्सको एसएचए १६०१ को जहाजमा समस्या आएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले श्री एयरलाइन्सको जहाजको माउण्टेन फ्लाइटमा समस्या आएको बताए ।

उनले भने, ‘एयरलाइन्सको एसएचए १६०१ को माउण्टेन फ्लाइटमा समस्या आएको थियो । सो जहाजको इन्धन लिकेज भएको हो । बिहान ७ बजे जहाज उडेको थियो । जहाजको उडान ५० मिनेटको थियो । ५० मिनेटमा नै जहाज अवतरण गरेकाले त्यसलाई ठूलो समस्या भन्न मिल्दैन ।’जहाजको दायाँ इन्जिनबाट इन्धन लिकेज भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार