नवराज सिलवाल सचिवमा १ मतले विजयी

२०८० आश्विन १३, शनिबार

काठमाडौँ : प्रहरीमा अभागी सावित भइ डीआईबीबाटै राजीनामा दिएर हिँडेका नवराज सिलवाललाई राजनीति भने फलिफाप भएको छ ।

उनी नेकपा एमाले बागमती प्रदेश सचिव पदमा विजयी भएका छन्, त्यो पनि एक मतले ।  शुक्रबार पार्टी कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी मात्र एक मतले विजयी भएका हुन् । 

सिलवालले ५६८ मत पाउँदा हस्त पण्डितले ५६७ मत पाए । उनी सांसद समेत भइसकेका छन् । २०७४ सालको निर्वाचन ललितपुरबाट जितेका उनी गत मंसिरमा सम्पन्न निर्वाचनमा भने कांग्रेसका उदयशमशेर राणासँग पराजित बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2

ताजा समाचार