सरकार र चिकित्सकहरुको वार्ता सुरु

२०८० आश्विन १३, शनिबार

काठमाडौं : सरकार र आन्दोलनरत चिकित्सकहरुबीच वार्ता सुरु भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा भइरहेको वार्तामा चिकित्सकहरुले उठाएको मागबारे छलफल भइरहेको छ ।

मणिपाल अस्पताल, पोखरा लगायतका स्थानमा चिकित्सकमाथि कुटपिट तथा दुव्यर्वहार भएपछि सुरक्षाको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए । उनीहरुले आज शनिबार पनि काठमाडौंमा प्रदर्शन गरेका थिए ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलनरत रहेका देशभरका ठूला अस्पतालहरुको स्वास्थ्य सेवा प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार