एमालेको कोशी अधिवेशन : अध्यक्षमा ढकाल र खतिवडाको मनाेनयन दर्ता

२०८० आश्विन १३, शनिबार

विराटनगर : नेकपा एमाले काेशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा र विनाेद ढकालले उम्मेदवारी दर्ता गरेका छन् ।

सहमतिकाे प्रयास असफल भएपछि दुवै नेताले उम्मेदवारी दर्ता गरेका हुन् । ढकालकाे समर्थकमा मुकेश बुढाथोकी र प्रस्तावक महेश भट्टराई छन् ।

खतिवडाको प्रस्तावकमा रामप्रसाद दंगाल र समर्थकमा छत्रपति प्याकुरेल छन् । २१५ सदस्यीय कार्यसमितिका लागि आइतबार मतदान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार