मुख्यमन्त्री रावलले विश्वासको मत लिने आज अन्तिम दिन

२०७९ माघ २६, बिहीबार ०९:२५ बजे

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिने तयारी गरेका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले विश्वासको मत नदिएमा उनी संकटमा पर्नेछन ।

नाउपाले विश्वासको मत नदिए रावल मुख्यमन्त्रीबाट पदमुक्त हुनेछन् । त्यसपछि सबैभन्दा ठूलो दलको हैसियतले नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नेछ ।

विश्वासको मत लिनका लागि बिहीबार दिउँसो १ बजे सुदूरपश्चिम प्रदेश सभाको बैठक बोलाइएको छ । मुख्यमन्त्री रावलले विश्वासको मतका लागि आवश्यक बहुमत संख्या २७ पुर्‍याउन नसक्ने भएकाले उनी संकटमा छन् ।

सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ५ र राप्रपाका १ जना सांसद छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार