रुपन्देहीको देवदहमा बलात्कार आरोपमा शिक्षक पक्राउ

२०७९ माघ २६, बिहीबार १०:३० बजे

रुपन्देही : रुपन्देहीको देवदहमा किसोरीलाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्।

देवदह नगरपालिका ७ सितलनगरका ३६ वर्षीय मोहन गुरुङलाई प्रहरीले पक्राउ गरेको हो। किशोरी विद्यार्थीलाई सिकाइदिने बहानामा बोलाएका शिक्षकले होटलमा लगेर जबर्जस्ती करणी गरेको उजुरी प्रहरीकहाँ परेको थियो।

शिक्षक गुरुङले माघ २० गते शुक्रबार देवदहको ढेकारस्थित होटलमा लगेर १६ वर्षीया किशोरीलाई बलात्कार गरेको उजुरी परेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी दानबहादुर थापाले बताए।

जबर्जस्तीपछि किशोरीले घटना बाहिर ल्याएकी थिइन् भने त्यसपछि अभिभावकले प्रहरीमा उजुरी दिएका थिए। उजुरीपछि फरार शिक्षकलाई बुधबार दिउँसो पक्राउ गरिएको डीएसपी थापाले बताए।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार