
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री सुदन किराँतीले बिहीबार विहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन्। विमानस्थल निरीक्षण गर्न मन्त्री किराती विहान साढे पाँच बजे विमास्थल पुगेका थिए। मन्त्री किराँतीले विमानस्थलमा सुधार भएको छ वा छैन भन्ने विषयमा स्थलगत अनुगमन गरेका हुन्। उनले विमानस्थलको तुलनात्मक सुधारले आफूलाई थोरै भए पनि खुसी मिलेको बताए।
उनले भने, ‘यो नै पूर्ण सुधार होइन। तर, क्रमिक सुधार भएको छ । यसबाट म आंशिक सन्तुष्ट छु। दिनरात चौविसै घण्टा खटेर देशको अनुहार (एयरपोर्ट) सफा बनाउने मजदूर (ब्युटिसियन) हरूलाई हार्दिक धन्यवाद!’ उनले भने, ‘आंशिक सुधार हुँदैछ, आशा गरौं पूर्ण सुधार हुनेनै छ। एयरपोर्ट मात्र होइन एक दिन यो देश नै सफा हुनेछ।’
अनुगमनका क्रममा उनले विमानस्थलको भित्री र बाहिरी कक्ष, शौचालय, आगमन कक्षको अवलोकन गर्दै व्यवस्थित र सुरक्षित राख्न निर्देशनसमेत दिएका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।