
काठमाडौं : रियालिटी टिभी स्टार राखी सावन्तका पति आदिल दुर्रानीलाई मुम्बईको अंधेरी अदालतले बुधबार न्यायिक हिरासतमा पठाएको छ। श्रीमतीले किटानी जाहेरी दिएपछि उनलाई मंगलबार प्रहरीले हिरासतमा लिएको हो ।
समाचार एजेन्सी एएनआईका अनुसार राखी सावन्तले आफ्नो पैसाको दुरुपयोग गरेको र घरेलु हिंसा गरेको आरोप लगाएकी छन् । मुम्बईको ओशिवारा पुलिस स्टेशन बाहिर राखी सावन्तले भनिन्, ‘विहान घरमा मलाई मार्न दौडियो । मैले तुरुन्तै प्रहरीलाई खबर गरें ।’
उनले भनिन्, ‘उनी प्रायः मेरो घरमा आएर धम्की दिने गर्थे । बिहान पनि घरमा आएर कुट्ने गर्थे र म डराएकी थिएँ । उनले मलाई मिडियामा बदनाम गरेको आरोप लगाए ।’ राखी सावन्तले आफूसँग ब्रेकअप भएपछि उनका पति आफ्नी कथित प्रेमिकासँग बस्दै आएको दाबी गरेकी छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।