हिन्दी गीत ‘तेरी मेरी दास्तान’ मा आँचल शर्मा र आरआर खड्का (भिडिओ)

२०७९ माघ २६, बिहीबार १४:३३ बजे

काठमाडाैं : अभिनेत्री आँचल शर्मा र आरआर खड्काले हिन्दी गीतमा अभिनय गरेका छन्। बुधबार सार्वजनिक भएको ‘तेरी मेरी दास्तान’ बोलको गीतमा उनीहरूले अभिनय गरेका हुन्।

सियोन श्रेष्ठले कोरियोग्राफी गरेको गीतमा आँचल र आरआरसँगै भारतीय कलाकार पारस शाह र सोनु मिश्राको पनि अभिनय छ। १६ औं शताब्दीको सेरोफेरोमा आधारित गीतलाई नितिन चन्दले निर्देशन गरेका हुन्। यसअघि उनले थुप्रै हिन्दी गीत निर्देशन गरेका छन्।

सलमान खानको फिल्म ‘प्रेम रतन धन पायो’, अक्षय कुमारको फिल्म खिलाडी ७८६ को ‘हुक्का बार’ जस्ता धेरै सुपरहिट फिल्मको गीत गाएका गायक विनीत सिंहले स्वर दिएका छन्। उनलाई प्रतीक्षा श्रीवास्तवले साथ दिएकी छन्। पुनीत गुरूरानीको शब्द रहेको गीतमा अभिनव मेहरले संगीत भरेका छन्।

जोगेश गौरे, नवराज उप्रेती र चन्द्रबहादुर बरालले छायांकन गरेको म्युजिक भिडिओलाई सतिश शाह र आशुतोष उपाध्यायले निर्माण गरेका हुन्। गीतको अधिकांश छायांकन जयपुरको ऐतिहासिक दरबारमा भएको हो भने केही अंश नेपालमा पनि गरिएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार