प्रधानसेनापतिद्वारा भट्टलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

२०७९ माघ २६, बिहीबार १४:४५ बजे

काठमाडौँ : प्रधानसेनापति प्रभुराम शर्माले कृष्णदेव भट्टलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । माघ २३ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार उनी उपरथी दर्जामा पदोन्नति भएका थिए । 

बिहीबार जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका शर्माले भट्टलाई दर्ज्यानी चिन्ह प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भट्टलाई प्रबन्ध रथी विभागको विभागीय प्रमुखमा नियुक्त गरिएको पनि सेनाले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार