फागुनमा निक्षेपको ब्याजदर नबढ्ने

२०७९ माघ २६, बिहीबार १५:०० बजे

काठमाडौं : वाणिज्य बैंकहरुले फागुनमा निक्षेपको ब्याजदर घटबढ नगर्ने भएका छन्। नेपाल बैंकर्स संघको बिहीबार बसेको बैठकले ब्याजदर यथावत् राख्ने निर्णय गरेको हो।

अब माघ महिनाकै ब्याजदर आगामी फागुनमा पनि लागू हुने भएको छ । हाल व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ९ प्रतिशत, बचतको न्यूनतम ब्याजदर ६ प्रतिशत र रेमिट्यान्स निक्षेपमा भने न्यूनतम १ प्रतिशत थप ब्याजदर दिनुपर्ने व्यवस्था छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार