परराष्ट्रमन्त्रीसँग साउदी राजदूतको भेटवार्ता

२०७९ माघ २६, बिहीबार १६:३५ बजे

काठमाडौँ : परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबु हैमेदले आज मन्त्रालयमा भेटवार्ता गर्नुभएको छ ।

भेटमा परराष्ट्रमन्त्री पौड्यालले विश्वभर फैलिएको कोरोना महामारीका बेला त्यहाँ रहेका चार लाखभन्दा बढी नेपालीलाई सुरक्षित राखेकामा साउदी अरबिया सरकारलाई नेपाल सरकारका तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो ।

मन्त्री पौड्यालले साउदी अरबियाको विकासमा नेपाली श्रमिकको पनि उल्लेख्य योगदान रहेको उल्लेख गर्नुहुँदै आगामी दिनमा श्रम सम्झौता गरेर दक्षजनशक्ति उपलब्ध गराउन सरकार तयार रहेको बताउनुभयो ।

सो अवसरमा राजदूत हैमेदले साउदी अरबियाको प्रगतिमा नेपाली श्रमिकको ठूलो योगदान रहेको उल्लेख गर्नुहुँदै आफ्नो देशमा विकास निर्माणका काम तीव्रगतिमा अघि बढेकाले श्रम सम्झौता गरेर थप नेपाली श्रमिक लैजाने प्रतिबद्धता जनाउनुभयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार