
काठमाडौँ : नेपालस्थित चिनियाँ राजदूत चेन सोङले बिहीबार प्रधान सेनापति प्रभुराम शर्मालाई भेटेका छन्।
राजदूत सोङले भद्रकालीस्थित जङ्गी अड्डा पुगेर प्रधान सेनापति शर्मासँग छलफल गरेका हुन्।उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धबारे छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
यसस्तो भेटघाटले दुई देशबीचको सम्बन्ध थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिइएको नेपाली सेनाले जनाएको छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।