
काठमाडौं : मुख्यमन्त्री राजेन्द्रसिंह रावल अल्पमतमा परेपछि सुदूरपश्चिम सरकार एक महिनामै ढलेको छ ।
प्रदेशसभा बैठकमा आफूलाई विश्वासको मत माग्दै रावलले गरेको प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । नागरिक उन्मुक्तिका सबै ७ सांसद प्रदेशसभा बैठकमा अनुपस्थित भएपछि मुख्यमन्त्रीले विश्वासको मत पाउन नसकेका हुन् ।
‘उनले विश्वासको मत नपाएसँगै संसदीय प्रणालीलाई स्वीकार गर्ने बताएका छन् । अबको केहि बेर मै उनले राजीनामा दिने तयारी गरेका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।