
काठमाडौँ : प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि चीनका राजदूत चेन सोङले शिष्टाचार भेट गरेका छन् ।
सैनिक मुख्यालय जङ्गी अड्डामा आज भएको भेटमा दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशालयले जनाएको छ । सेनाले यस्ता भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ तुल्याउन योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।