
काठमाडौं : साफ यू-२० च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको छ । बिहीबार ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भएको फाइनलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३-० ले पराजित भएको हो ।
आज बिहीबार भएको फाइनलमा बंगलादेशले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गर्यो । ४२औं मिनेटमा साहेहेदा अख्तर रिपाले गोल गर्दै अग्रता दिलाइन् । पहिलो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा कप्तान साम्सुन्नाहारले गोल गर्दै अग्रता दोब्बर पारिन् ।
८७औं मिनेटमा बंगलादेशका लागि उनोती खातुनले गोल गरिन् । रिपाको फ्रिकिकमा उनोती खातुनले पोष्ट नजिकैबाट गोल गरिन् । बंगलादेशले यसअघि २०१८ र २०२१ मा उपाधि जितेको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।