आज पहाडी भू-भागमा वर्षा र हिमपातको सम्भावना

२०७९ फाल्गुन २५, बिहीबार ०६:१६ बजे

काठमाडौँ : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले  देशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रहेको छ ।

आज दिउँसो देशका पहाडी भू–भागका एक दुई स्थानमा   चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च  पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ।  

राति भने  कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश देशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका  उच्च  पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।  

देशका पहाडी भू–भागमा चट्याङ्गसहित वर्षाको सम्भावना रहनुका साथै देशको उच्च  पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार