पीएसजीलाई हराउँदै बायर्नन क्वाटरफाइनलमा

२०७९ फाल्गुन २५, बिहीबार ०८:०८ बजे

जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा बायर्नले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई २–० गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

बायर्नले समग्रमा ३–० को नतिजा निकालेको हो । पहिलो लेगमा बायर्नले १–० गोलको जित निकालेको हो ।

बायर्नको घरेलु मैदान टिमलाई जित दिलाउन एरिक म्याक्सिम चुपो मोटिङ र सर्ज नाब्रीले गोल गरे । खेलको ६१ औं मिनेटमा चुपो मोटिङले गोल गर्दै बायर्नलाई अग्रता दिलाए ।

खेलको ८९ औं मिनेटमा सर्ज नाब्रीले गोल गर्दै बायर्नलाई २–० को जित दिलाए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार