इन्जिनमा आगो लागेको श्री एयरलाइन्सको जहाजमा थिए ७८ यात्रु

२०७९ फाल्गुन २५, बिहीबार १०:२९ बजे

काठमाडौँ : बिहीबार बिहान भैरहवाका लागि उडेको श्री एयरलाइन्सको जहाजमा ७८ जना यात्रु रहेको खुलेको छ । उक्त जहाजको इन्जिनमा उड्नेबित्तिकै आगलागी भएको थियो । उड्नेबित्तिकै इन्जिनमा आगलागी भएपनि चालकदलका सदस्यले विमान त्रिभुवन विमानस्थलमै सुरक्षित अवतरण गराउन सफल भएका छन् ।

विमानस्थलका प्रबन्धक प्रताबबाबु तिवारीले विमानलाई सुरक्षित अवतरण गराइएको र सबै यात्रु सुरक्षित रहेको बताए । ‘उड्नेवित्तिकै विमानको दायाँ इन्जिनमा आगलागी भयो । तत्कालै विमानस्थलमा सुरक्षित अवतरण गराउन सकियो ।’

उनका अनुसार उडान नम्बर ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो । चालक दलका सदस्यले इन्जिनमा आगो देखिएको भनेर टावरलाई जानकारी गराएसँगै विमान काठमाडौँमै फर्काइएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार