राष्ट्रपतिका उम्मेदवार नेम्वाङले पनि गरे मतदान

२०७९ फाल्गुन २५, बिहीबार १०:४१ बजे

काठमाडौँ : राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित मतदान स्थलमा पुगेर नेम्वाङले मतदान गरेका हुन् ।

बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ । अर्का उम्मेदवार रामचन्द्र पौडेल पनि मतदानस्थलमै छन् ।

यसैबीच मतदान अघि राष्ट्रपतिका उम्मेदवार नेम्बाङले देश र जनताका अगाडि चुनौती रहेको बताएका छन् । उनले सम्पूर्ण राजनीतिक दलहरु एक भएर जानु पर्नेमा पनि जोड दिए ।

नेम्वाङले पत्रकारसँग भने, ‘यो देशका सम्पूर्ण राजनीति दलहरु एक ठाउँमा उभिनु पर्छ, तपाईंहरुले देखिराख्नुभएको छ, अहिले देश र जनताको अगाडि चुनौती छ ।’

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार