
काठमाडौं : बिहीबार भइरहेको राष्ट्रपति निर्वाचनका क्रममा एक जना प्रदेश सभा सदस्य लडेर घाइते भएका छन्।
मधेश प्रदेशका सांसद गोविन्द न्यौपाने भोट खसालेर फर्किने क्रममा सिँडीमा लडेका हुन्। उनी के कारणले लडेका हुन् भन्ने खुलेको छैन।
उनको टाउकोमा चोट लागेको छ। घाइते सांसद न्यौपानेलाई उपचारका लागि नजिकैको सिभिल अस्पतालमा भर्ना गरिएको छ। न्यौपाने सप्तरी- ४ (१) बाट निर्वाचित भएका हुन्। उनी नेकपा (एकीकृत समाजवादी) का प्रदेश सभा सदस्य हुन्।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।