अभिनेत्रीलाई पूर्वप्रेमीले गरे निर्घात कुटपिट

२०७९ फाल्गुन २५, बिहीबार १२:२८ बजे

काठमाडौं : मलयालम फिल्मकी चर्चित अभिनेत्री अनिका विजय विक्रमनले पूर्व प्रेमी अनूप पिल्लईमाथि दुर्व्यवहार र शोषणको आरोप लगाएकी छन् ।

अनिकाले मंगलबार सामाजिक सञ्जालमा केही तस्बिर पोस्ट गरेकी छिन् । उनको आँखा र अनुहारमा चोट लागेको छ । तस्विरमा उनको अवस्था यति खराब छ कि चिन्न गाह्रो छ।

अनिकाले सामाजिक सञ्जाल पोस्टमा आफूलाई पहिले पनि कुटपिट हुने गरेको बताएकी छन् । त्यतिबेला उनले प्रहरीमा उजुरी गरेकी थिइनन् किनभने उनका प्रेमी उनको खुट्टा समाएर रुन थालेका थिए ।

अनिकाले फेसबुक पोस्टमा लेखेकी छिन्, “म अनूप पिल्लई नामका व्यक्तिसँग प्रेममा थिएँ। उनी विगत केही वर्षदेखि मलाई मानसिक र शारीरिक दुर्व्यवहार गर्दै आएका थिए।

मैले त्यस्तो मानिस कहिल्यै देखेकी थिइनँ। यो सबै गरेपछि पनि उनी डराउँछन्। मैले मेरो सबैभन्दा डरलाग्दो सपनामा पनि सोचेको थिइनँ कि उसले मलाई यस्तो गर्नेछ।”

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार