पीएनजीलाई नेपालले दियो २९८ रनको कीर्तिमानी लक्ष्य

२०७९ फाल्गुन २५, बिहीबार १३:०८ बजे

काठमाडौं : ओपनर आसिफ शेखको शतक प्रेरित आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई २ सय ९८ रनको विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ५ बल बाँकी रहँदा अलआउट हुँदै २ सय ९७ रनको योगफल तयार पार्‍यो । जुन नेपालले एक दिवसीय क्रिकेटमा हालसम्म बनाएको सबैभन्दा ठूलो योगफल हो ।

यसअघि, अघिल्लो महिना त्रिवि मैदानमै नामिबियाले दिएको २ सय ८५ रनको लक्ष्य चेज गर्ने क्रममा नेपालले २ सय ८७ रन बनाएको थियो । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक १ सय १० रनको शतकीय इनिङ खेले ।

उनले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग १ सय १० रनको साझेदारी गर्दै १ सय १० बलमा १२ चौका र २ छक्का प्रहार गरे । आसिफले पाँचौं विकेटका लागि कप्तान रोहित पौडेलसँग शतकीय साझेदारी गरेका थिए । जारी खेलमा शतक बनाएसँगै आसिफ ओडीआईमा नेपालका लागि सर्वाधिक रन बनाउने र हजार रन पुरा गर्ने दोस्रो खेलाडी बने ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार