
काठमाडौं : नयाँ उपराष्ट्रपति निर्विरोध चुनिने सम्भावना देखिएको छ। उपराष्ट्रपतिमा नेकपा (एमाले) ले उम्मेदवारी नदिने सम्भावना भएकाले चैत ५ मा उपराष्ट्रपति निर्विरोध निर्वाचित हुने सम्भावना बढेको हो। एमालेले अहिलेसम्म राष्ट्रपतिमा उम्मेदवारी दिने/नदिने निर्णय गरेको छैन। स्रोतहरूका अनुसार ८ दलीय गठबन्धनबाट जनता समाजवादी पार्टीका नेता उपराष्ट्रपति उम्मेदवार बने एमालेले आफ्ना उम्मेदवार उठाउने छैन।
बिहीबार नयाँ बानेश्वरमा राष्ट्रपतिको निर्वाचन भइरहँदा एमाले र जसपाका नेताहरूबीच पनि यो विषयमा अनौपचारिक कुराकानी भएको थियो। एमालेका एकजना पदाधिकारीले जसपाका सांसदलाई आफूहरूले उपराष्ट्रपतिमा उम्मेदवारी दिने सम्भावना नरहेको बताएका थिए।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।