
काठमाडौँ : राष्ट्रपति निर्वाचनका क्रममा मतदान गरी बाहिरिँदा संसद् भवनमै चिप्लिएर घाइते भएका सांसद गोविन्द न्यौपाने स्वास्थ्यस्थित बुझ्न नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल ट्रमा सेन्टर पुगेका छन् ।
सप्तरी प्रदेश सभा (क) बाट एकीकृत समाजवादीका तर्फबाट निर्वाचित सांसद न्यौपाने बिहान ११:३८ बजेको आसपासमा चिप्लिएर लडेका थिए ।
उनको टाउको चोट लागेको छ । चिकित्सकहरुले स्वास्थ्यस्थिति सामान्य रहेको बताएका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।