
काठमाडौँ : गायक राजेश पायल राईले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् । उनले आरोपको प्रमाण ल्याउन चुनौती दिँदै आधारहीन समाचार नछाप्न आग्रह गरेका छन् । उनले एउटा स्टाटसकै भरमा बिना प्रमाण मानहानी गरिएको भन्दै दुःख पोखेका छन् ।
‘आउनुस् म च्यालेन्ज दिन्छु । यदि प्रमाण ल्याउनु भयो भने तपाईंको पाउमा मेरो शीर राखिदिन्छु । हिजो घटेको घटना रहेछ, बच्चालाई हस्पिटल लगेको होला। नलेगेनी हिजो खन्याको तातोपानीले त पक्कै पानीफोका ऊठ्यो होला । रातो दाग होला’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘घाऊ होला ,प्रमाण ल्याउनुस् मेरो शीर तपाईंको हातमा राखिनँ भने म किराती होइन ।’ उनले आफ्नो भलो नचिताउने, करियर समाप्त गराउने गिरोह सक्रिय हुन लागेको पनि बताएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।