बालकको मृत्युपछि कर्णाली राजमार्ग अवरुद्ध

२०८० आश्विन १४, आईतवार

सुर्खेत : वीरेन्द्रनगरमा दैलेखको आठबीस नगरपालिका–६ खिड्किज्युलाका पाँच वर्षका बालक दिग्दर्शन पुरिको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको २९ घण्टा बित्दा पनि दुर्घटना गराउने व्यक्ति पक्राउ नगरेको भन्दै खिड्कीज्युलामा कर्णाली राजमार्ग बन्द गरिएको छ ।

स्थानीयवासीले दोषीलाई पक्राउ नगरेसम्म सडक नखुलाउने भन्दै आन्दोलन सुरु गरेका हुन ।

‘यहाँ अहिले सयौँको सङ्ख्यामा गाडी रोकिएका छन ।’ स्थानीय दिल बहादुर थापाले भने, ‘दुवै तर्फका गाडी सञ्चालन पूर्ण रूपमा बन्द छ भने बजार पनि बन्द छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार