मनकामना केबलकार दुई दिन बन्द हुने

२०८० आश्विन १४, आईतवार

काठमाडौँ : मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ । यही असोज १७ गते बुधवार र १८ गते बिहीबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ ।

नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त दुईका दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने बताएको छ । केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेसनमा रहेको रेष्‍टुरेण्ट भने नियमित सञ्चालन रहने छ । केबलकारको नियमित सेवा २०८० असोज १९ गते शुक्रवार देखि पुनस्सञ्चालनमा आउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार