सोल्टी होटेलको सेयर बेचेर जहाज थप्न निगमलाई सुझाव 

२०८० आश्विन १४, आईतवार

काठमाडौं : नेपाल वायुसेवा निगम सुधारका लागि बनेको समितिले सोल्टी होटल लिमिटेडको सेयर बेचेर जहाज खरिद गर्न सुझाव दिएको छ । दिपेन्द्रबहादुर क्षेत्री नेतृत्वको सुझाव समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बुझाएको प्रतिवेदनमा निगमका लागि जहाज थप गर्नुपर्ने सुझाव दिइएको छ ।

सोल्टीमा निगमको सेयर कित्ता स्वामित्त्व संख्या १ करोड ३ लाख ३३ हजार ६९९ छ । सोल्टीको सेयर मूल्य प्रतिवेदन तयार पार्दाको मितिमा प्रतिकित्ता ४४३ रुपैयाँ रहेको समितिले उल्लेख गरेको छ । तर अहिले उक्त सेयर मूल्य पनि घटेको छ ।

यसका आधारमा निगमले ४ अर्ब ५३ करोड १३ लाख २७ हजार ११ रुपैयाँ बराबरको सेयर छ ।  समितिले उक्त सेयर बिक्री गरेर प्राप्त हुने रकम नयाँ जहाज खरिद गर्ने स्रोत देखाएको छ । 

४८ अर्ब ऋण, २ अर्ब उठाउन बाँकी 

समितिले निगमको संचित कुल ऋण ४८ अर्ब ३ करोड रुपैयाँ देखाएको छ । निगमले कुल ऋणको करिब १० प्रतिशत भन्दा बढीको दरले ब्याज खेपिरहेको छ । निगमले विभिन्न शिर्षकमा उठाउनुपर्ने रकम आर्थिक वर्ष २०७८–०७९ मा २ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । 

यसको प्रत्यक्ष प्रतिकूल असर निगमको नगद प्रवाहमा परिरहेको समितिले जनाएको छ ।  उठाउनुपर्ने रकम उठेमा नयाँ विमान खरिदमा सहयोग पुग्ने समितिको सुझाव छ ।  समिमिले यो ऋणभारलाई घटाउन निगमले व्यापार वृद्धि गरेर ऋणभार घटाउ सुझाव दिएको छ । 

साथै वित्तीय अवस्था सुधार गर्नका लागि सहुलियत ब्याजदरको ऋण प्राप्त गर्ने उपायको खोजी गर्नुपर्ने जनाएको छ । उक्त समितिले जहाज थप गर्नुपर्ने सुझाव पनि दिएको छ । समितिले निगम वर्तमान समयमा पुँजी अभाव, ऋणको र जहाज अभावको चर्को दबाबमा रहेको बताएको छ ।

“सरकारको पूर्ण स्वामित्व भएको सार्वजनिक संस्था भएकोले नेपाल सरकारले पुँजी थपी आवश्यक मात्रामा जहाज थप्नुपर्ने देखिन्छ, प्रतिवेदनमा भनिएको छ, “यो प्रतिवेदनमा सिफारिस कार्यान्वयन हुँदा निगमलाई हवाई उडड्यन क्षेत्रमा एक हवाई उडान क्षेत्रको सशक्त संस्था हुनेमा विश्वास गर्न सकिन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार