महिला हवलदारलाइ यौन दुर्व्यवहार गरेको आरोप लागेका एसएसपीले राजीनामा दिए

२०८० आश्विन १५, सोमबार

काठमाडौँ : सहकर्मी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका नेपाल प्रहरीका एकजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)ले राजीनामा दिएका छन् । एसएसपी योगबहादुर पालले राजीनामा पेश गरेको प्रहरी प्रवक्ता (डीआईजी) कुवेर कडायतले बताए । डीआईजी कडायतले भने– ‘राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाइएको छ ।’

सुदूरपश्चिम प्र्देश कार्यालयमा रहँदा एसएसपी पालले दुर्व्यवहार गरेको भन्दै एकजना महिला सहायक हवलदारले १९ जेठमा उजुरी गरेकी थिइन् । त्यसबारे डीआईजी सुरेन्द्र मैनाली नेतृत्वको छानबिन समितिले पाललाई बर्खास्त गर्न सिफारिस गरेको छ । छानबिनका लागी गृह मन्त्रालयले उनलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार