घट्यो सुनचाँदीको मूल्य

२०८० आश्विन १५, सोमबार

काठमाडौं : सोमबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले घटेको छ । आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८ हजार रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले घटेर १ लाख ७ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर १३ सय ४० रूपैया कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार