सल्यानमा चितुवाको आक्रमणबाट ४ जना घाइते

२०८० आश्विन १५, सोमबार

सल्यान : सल्यानमा चितुवाको आक्रमणबाट चार जना घाइते भएका छन् ।

छत्रेश्वरी गाउँपालिका- ३ दोलीका ४० बर्षीया राजबहादुर केसी, ४० बर्षीया टेकबहादुर थापा, १६ बर्षीया छविलाल केसी र २७ बर्षीया भीमसेन थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए ।

छत्रेश्वरी गाउँपालिका- ३ दोलीका ५२ बर्षीया पूर्णराज बिकले संचालन गरेको कुखुरा फार्मभित्र लुकेर बसेको चितुवाले सोमबार बिहान उनीहरुलाई आक्रमण गरेको हो । प्रहरी निरीक्षक श्रेष्ठका अनुसार चितुवाले ३ वटा कुखुरा पनि मारेको थियो । त्यही हेर्न जानेक्रममा लुकेर बसेको बाघले मान्छेमाथि आक्रमण गरेको थियो ।

घाइतेहरुलाई सल्यान अस्पतालपछि थप उपचारका लागि दाङको राप्ती प्रादेशिक अस्पताल ल्याइएको छ । चितुवालाई नियन्त्रणमा लिन बाँके राष्ट्रिय निकुञ्जको टोलीलाई बोलाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार