लिम्बूको हत्याका मुख्य अभियुक्त पक्राउ

२०८० आश्विन १५, सोमबार

झापा : झापाको दमकमा शुक्रबार बिहान हत्या भएका इलाम चुलाचुली ३ पेल्टिमारीका युवा गोविन्द लिम्बुको हत्याका मुख्य अभियुक्त सनम राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

दमक १ स्थित कुमाल चोकमा रहेको एक होटलमा रातभर मादकपदार्थ सेवन गरेर बस्ने क्रममा आफ्नै साथीभाइबिच बिहानपख झगडा हुँदा लिम्बूलाई धारिलो हतियार प्रयोग गरेर हत्या भएको थियो ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोकुमार लामाले हत्याका मुख्य अभियुक्त पक्राउ परेको बताए । घटनापछि फरार रहेका धारिलो हतियार प्रयोग गर्ने दमक वडा नं. ७ का सनम राई र उनका अर्का एक साथीलाई पक्राउ गरिएको लामाले बताए। घटना लगत्तै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो।

प्रहरी स्रोतका अनुसार, सामान्य विवादको क्रममा एक आपसमा झगडा हुँदा लिम्बूको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । हत्यारा पक्राउ नगरेसम्म लिम्बूको शव जिम्मा नलिने मृतकका आफन्तले अडान राखेर शव बुझ्न मानेका थिएनन् ।

प्रहरीले हत्यारा पक्राउ गर्ने र घटनाको सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता जनाएपछि आइतबार साँझ शव बुझेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार