भीरबाट खसेका प्रहरी जवानको उद्धार

२०८० आश्विन १५, सोमबार

सुर्खेत : ड्युटीका क्रममा भीरबाट खसेर गम्भीर घाइते भएका प्रहरी जवान सुवास पौडेललाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत पौडेललाई थप उपचारका लागि काठमाडौँ लगिएको हो ।

उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको स्काई ट्रक पठाएपछि उनलाई आज काठमाडौँ लगिएको छ । पौडेल सानीभेरी गाउँपालिका –२ वसन्तडाँडामा गस्तीमा गएर फर्कनेक्रममा भीरबाट खसेका थिए । 

गोरेटोबाटोबाट २५० मिटर तल खसेका पौडेलको टाउको, हात, खुट्टालगायत शरीरका विभिन्न ठाउँमा चोट लागेको थियो । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भीम ढकालले अर्धचेतन अवस्थामा आइसियुमा उपचार गराइरहेका पौडेलको अवस्थाबारेमा जानकारी पाएलगत्तै उपप्रधानमन्त्री खड्काले स्काई ट्रक पठाएर उद्धार गरेको बताए ।

गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले पौडेलको अवस्थाबारेमा आफ्नो क्षेत्रका सांसदसमेत रहेका खड्कालाई शनिबार बेलुका जानकारी गराएका थिए । उनले भने, ‘कर्तव्य पालनाको सिलसिलामा गम्भीर घाइते भएका प्रहरी जवानको आइतबार थप उपचारका लागि काठमाडौँ पठाउन सफल भयौँ ।’

डिआइजी ढकालका अनुसार प्रहरी जवान पौडेललाई सुरुमा नेपाल प्रहरी अस्पताल लगिएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाल प्रहरी अस्पतालको समन्वयमा अन्नपूर्ण न्युरोमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार