१२ करोडको सीमा हटाउन गभर्नरले ढिला गरेको अर्थमन्त्री महतको दाबी

२०८० आश्विन १५, सोमबार

काठमाडौं : सेयर धितो कर्जामा लाग्दै आएको १२ करोडको सीमा हटाउने बारे अर्थमन्त्री र गभर्नरबीच छलफल भईसक्दा पनि अन्तिम निर्णय नआउदा आम लगानीकर्ताहरु निराश छन् ।

गत साता भएको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वयन समितिको छलफलमा अर्थमन्त्री डा. प्रकाशकरण महत र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच सेयर धितो कर्जामा १२ करोडको सीमामा पुनरावलोकन गर्न सहमत भएको थियो तर राष्ट्र बैंकले सकारात्मक सुझाव बोर्डको छलफलमा लगेका छैनन् ।

उनले बोर्डमा १२ करोडको सिमा हटाउने बिषय नलगेको बिषयलाई लिएर आम लगानीकर्ता निराश भएका छन् । अर्थमन्त्री डा. महत र गर्भनर अधिकारीको भेटलाई सकारात्मक लिएका अर्थमन्त्रीले आज बोर्डको कार्यक्रममममा गर्भनरलाई जानकारी दिएको तर उनले यस बिषयमा चासो नदिएको भनेर बाहिरीएका छन् ।

सोमबार विश्व लगानीकर्ता सप्ताहको अवसरमा धितोपत्र बोर्डले आयोजना गरेको एक कार्यक्रमका बीच अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो जानकारी दिएका हुन् । शेयरबाट लाभ प्राप्त गर्न सकेमात्रै आम सर्वसाधारण यसतर्फ केन्द्रित हुने बताउँदै मन्त्री महतले आम सर्वसाधारणका लगानीको सुरक्षा हुनुपर्ने बताए ।

यसका लागि वित्तीय साक्षरताको आवश्यकता रहेको उनको भनाई छ । ’कुन बेला तल झार्ने, कुन बेला माथि पुर्याउने, कुन बेला के गर्दा फाइदा हुन्छ भन्ने जानेका खेलाडिले यसबाट फाइदा लिने गर्छन् भने आम लगानीकर्ता जोखिममा पर्ने अवस्था विद्यमान छ ।’ उनले भने, ’कतिपय बेलामा इनसाइडर ट्रेनिङका कुरा आउँछन्, सूचना लिक हुने प्रवृत्ति देखिएको छ, धितोपत्र बोर्डले यसलाई नियमनको दायराभित्र ल्याउनुपर्छ ।’

शेयर बजारमा लगानी आकर्षित गर्नका लागि स्वस्थ्य प्रतिस्पर्धाको वातारण निर्माण गर्न पनि जरुरी रहेको उनको भनाई छ । उनले भने, पहिला सीमित ब्रोकर मात्र थिए, अहिले ब्रोकरको संख्या बढेको छ, अब मनोपलाइज न्यून हुँदै जानेछ । यसको फाइदा आम लगानीकर्ताले प्राप्त गर्ने छन् ।

च्याटबट शुभारम्भ भएको जानकारी दिँदै मन्त्री डा. महतले भने, ‘यो बोर्डले सेयर बजारका विषयमा जिज्ञासा, जानकारी र गुनासोलाई तत्काल सम्बोधन सक्ने सहज प्लेटफर्मको प्रारम्भ भएको छ । यसको सबैले उपयोग गर्नु हुनेछ ।’
सेयर बजार अहिले तल झरेको छ, त्यसका विविध कारण रहेको र रेगुलेसन, माइक्रो म्यानेजमेन्टमा समस्या आएको मन्त्री महतले बताए । उनले भने, ‘यसको समाधान हुँदै जान्छ । सेयर बजारका लागि केही निर्णय चाडै आउँछ भन्ने मलाई विश्वास छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार