भारतका कप्तानलाई आउट गराए दीपेन्द्रले

२०८० आश्विन १६, मंगलवार

काठमाडौँ : चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपालले भारतको पहिलो विकेट लिएको छ । ९‍‍.५ ओभरमा नेपाली बलर दीपेन्द्रसिंह ऐरीले भारतका ओपनर ब्याट्सम्यान रुतुराज गाइकवाडको विकेट लिएका हुन् ।

ऐरीले गाइकवाडलाई २५ रनको ब्यक्तिगत स्कोरमा कप्तान रोहित पौडेलद्वारा क्याच गराएका हुन् । गाइकवाड भारतीय टोलीका कप्तान पनि हुन् । पहिलो विकेट गुमाउँदा भारतले एक सय तीन रन बनाएको छ । भारतका अर्का ओपनर यशस्वी जैसवाल ७३ रन बनाउँदै क्रिजमा छन् ।

त्यसअघि जैसवाल र गाइकवाडले भारतका लागि एक सय तीन रनको साझेदारी गरेका थिए । भारतले टस जिती पहिलो ब्याटिङको निर्णय लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार