मेरो ज्यान मार्न खोज्नेलाई पनि सरकारले समाएन : ओली

२०८० आश्विन १६, मंगलवार

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि आक्रमण गर्न खोज्नेलाई सरकारले कानुनी दायरामा नल्याएको बताएका छन्। मंगलबार प्रतिनिधि सभामा बोल्दै ओलीले गठबन्धनबाहेक सरकारले अरूको अस्तित्व स्वीकार नगरेको बताए।

‘राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहिष्णुताका आधारस्तम्भहरू खलबल्याउन सरकार नियोजित रूपमा लागेको देखिन्छ,’ उनले भने, ‘सरकार आफैं यस्ता घटनाको आयोजना पनि गरिरहेको छ। यो सरकार गठबन्धनबाहेक अन्य दलको अस्तित्व स्वीकार गर्दैन। प्रमुख प्रतिपक्षी दलको नेतामाथि ज्यान लिन सांघातिक हमला गर्छ/गराउँछ। हमलाकारीलाई कानुनको दायरामा ल्याउँदैन।’

उनले आफ्नो ज्यान मार्न खोज्नेलाई सरकारले नसमाएको पनि बताए। ‘प्रहरीको टाउको फुटाउने र दाँत भाँच्नेलाई केही नगर्नू भन्ने? हामीमाथि हमला गर्न अहिलेको गठबन्धनको सहयात्रीका प्रमुख दलका कार्यकर्ताहरू संलग्न छन्। प्रधानमन्त्रीलाई पनि यो विषय आग्रह गरेको छु। हिंसालाई प्रोत्साहित गर्ने काम भइरहेको छ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार