बाजुरा केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प

२०८० आश्विन १६, मंगलवार

काठमाडौँ : बाजुरा केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ । मंगलबार दिउँसो बाजुरा केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

दिउँसो ३ बजेर ६ मिनेट जाँदा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिए । आजै दिउँसो २ बजेर ४० मिनेटमा पनि बाजुराको आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूटको भूकम्प गएको थियो । हालसम्म भूकम्पबाट भएको क्षतिको कुनै विवरण प्राप्त भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
1

ताजा समाचार