अर्थमन्त्री र गभर्नरको टकरावले अर्थतन्त्र बन्धक बन्यो : स्वर्णिम वाग्ले

२०८० आश्विन १६, मंगलवार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले व्यक्तित्वको टकरावले मुलुकको अर्थतन्त्रलाई बन्धक बनाउनु नहुने बताएका छन् । मंगलवार संसदको अर्थसमितिको बैठकमा उनले अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरतर्फ संकेत गर्दै यस्ता टकरावले अर्थतन्त्र बन्धक बनेको संकेत गरेका हुन् । 

वाग्लेले वित्तीय र मौद्रिक नीतिबीचको तालमेलमा समन्वय नभएको भन्ने गुनासो लामो समयदेखि आएको भन्दै सरकारले मुलुकको अर्थतन्त्र सुधार गर्नको लागि उपभोक्ताको समेत अपेक्षालाई समेटर सरकारले माइक्रो अर्थतन्त्रलाई पनि सँगै ध्यान दिनुपर्ने बताए । सरकारले अर्थतन्त्र सुधारको आधार जलविद्युत र निर्यात वृद्धि मान्ने बताए । 

जलविद्युतको समग्र अवस्था हेर्दा कुल गार्हस्थ्य उत्पादनमा जम्मा १ प्रतिशत मात्रै रहेको वाग्लेले बताए । उनले तीन हजार मेगावाट जडित क्षमतामा एक प्रतिशत मात्रै भएको भन्दै सानो अंशले कति अर्थतन्त्रमा योगदान गर्न नसक्ने बताए । वाग्लले सरकारले गरेको बजेट वक्तव्यको बुँदा नम्बर २९ देखि ४६ सम्म बजेट प्रणालीका सुधार र पुँजीगत खर्चको प्रभावकारीता बारेमा बारेमा बनाएको कार्ययोजनाको कार्यप्रगति समितिलाई दिन काम गरे । 

उनले भने, ‘सरकारले गरेको बजेट वक्तव्यको बुँदा नम्बर २९ देखि ४६ सम्म बजेट प्रणालीका सुधार र पुँजीगत खर्चको प्रभावकारीता बारेमा बारेमा बनाएको कार्ययोजनाको कार्यप्रगति के छ । त्यो असोज,कात्तिकमा नै आउनुपर्ने थियो । त्यसको कार्यप्रगति अर्थसमितिलाई दिनुपर्छ । भारतका मधेसप्रदेशका मुख्यमन्त्रीले पशुपति दर्शन गर्न जाऔं भनेर एक लाख भारतीय रुपियाँमा दिएर पठाएका भारतीय प्रर्यटकहरु हवाई उडानमार्फत आइरहेको छ । चुनावी प्रसंगमा इडिओसिङक्राटिक नीति प्रतिफल स्वरुप पर्यटक वृद्धि भएको जस्तो देखिएको छ । ‘औषतमा यस्ता कुराहरु लुक्छन् ।’ 

वाग्लेले थपे, ‘सरकारले पत्रपत्र केलाएर दीर्घकालिन रुपमा जाने हो कि ४० डलर खर्च गर्ने गरी ल्याउनुपर्छ । सरकारले आशावादको आधार जलविद्युत र निर्यात वृद्धि मानेको छ । जलविद्युतको समग्र हेर्दा कुल ग्राहस्र्थ उत्पादनमा जम्मा १ प्रतिशत मात्रै छ । ३ हजार मेगावट जडित क्षेमतामा १ प्रतिशत मात्रै हो । सानो अंशले कति अर्थतन्त्रमा योगदान गर्छ । उपभोक्ताको समेत अपेक्षालाई समेटर सरकारले माइक्रो अर्थतन्त्रलाई पनि सँगै ध्यान दिनुपर्छ । वितीय र मौद्रिक नीतिबीचको तालमेलमा समन्वय नभएको भन्ने गुनासो लामो समयदेखि चल्दै आएको छ । व्यक्तित्वको टकरावले सम्पूर्ण राज्यको नीतिलाई बन्धक बन्न हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार