बझाङमा भूकम्पपछि गएको पहिरोमा एक महिला बेपत्ता

२०८० आश्विन १६, मंगलवार

बझाङ : बझाङमा भूकम्पपछि गएको पहिरोमा परेर एक महिला बेपत्ता भएकी छिन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ ओखलीकी ४० वर्षीय गुनमति धामी बेपत्ता भएकी हुन् ।

टिमुर टिप्न जंगल गएकी उनी अबेरसम्म घर नफर्किएपछि खोजी गर्दा सो ठाउँमा पहिरो गएको पाइएको छ । धामीको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ । भूकम्पपछिको पहिरोमा परेर धामी बेपत्ता भएकी हुन सक्ने बझाङका प्रहरी नायव उपरीक्षक भरत शाहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार